बिहीबारको विनिमयदर

293
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन(ओएनएस) : नेपाल राष्ट्र बैंकले बिहीबारको लागि अमेरिकी डलर १ को खरिददर १ सय १२ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ७६ पैसा तोकेको छ । बुधबार खरिददर १ सय १२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ०९ पैसा रहेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३० रुपैयाँ ०७ पैसा छ । बुधबार खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा थियो ।
बिहीबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८० पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ८५ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा थियो ।
यस्तै बिहिबार कुवेती दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ७९ पैसा तोकिएको छ । हिजो खरिददर ३ सय ६९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ८८ पैसा तोकिएको थियो ।
बहराइन दिनार १ को खरिददर २ सय ९७ रुपैयाँ ५० पैसा र बिक्रीदर २ सय ९९ रुपैयाँ ०९ पैसा छ । बुधबार खरिददर २ सय ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २ सय ९९ रुपैयाँ ९७ पैसा थियो ।
बिहीबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १० रुपैयाँ रहेको छ । बुधबार खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको थियो ।


  •  
  •  
  •