विदेशी मुद्राको विनिमयदर

306
  •  
  •  
  •  

काठमाडौं, ११ चैत(ओएनएस) : नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १ सय १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ६३ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २२ पैसा छ । यस्तै आज कुवेती दिनार १ को खरिददर ३ सय ६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २ सय ९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर २ सय ९३ रुपैयाँ ४४ पैसा छ । यस्तै, आज सोमबार कोरियन वनको भाउ केही पैसाले घटेको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा रहेको छ ।


  •  
  •  
  •