मोबाइलमा धेरै म्यासेज गर्नुहुन्छ? होसियार…

807
  •  
  •  
  •  

excessive-messaging-on-mobileकाठमाडौ, मंसिर : हामीमध्ये धेरैले आफ्नो दिनको समय मोबाइलमा म्यासेज गरेर बिताउने गर्छौ । तर, यसरी लामो समयसम्म म्यासेजिङ गरेर बस्दा हुने बेफाईदाबारे भने हामीमध्ये निकै कमलाई मात्र थाहा होला । लामो समयसम्म म्यासेजिङ गरेर बस्दा शरिरमा विभिन्न समस्या देखिन सक्छ । उक्त समस्या मध्येको सबैभन्दा बढि र सहजै देखिने समस्या हो ढाडको दुखाई ।

एक सोधका अनुसार मोबाइलमा लामो समय म्यासेजिङ गरेर बस्ने मानिसहरूमा ढाडको हाड दुख्ने समस्या देखीन्छ । न्यूयोर्कमा गरिएको सोध अनुसार स्मार्टफोन वा मोबाइलमा लामो समय म्यासेज टाइपिङ गरेर बस्दा करिब २३ किलो तौल बोकेजत्तिकै असर पर्छ । २३ किलो तौल बोक्दा मानिसलाई जति असर गर्छ त्यति नै असर मोबाइलमा लामो समय म्यासेजिङ गरेर बस्दा पर्ने न्युयोर्कमा गरिएको सोधमा बताइएको छ ।

प्रमुख सोधकर्ता न्युयोर्कका अर्थोपेडिक सर्जन केनेथ के. हंसराजले आफूले गरेको सोधका आधारमा लामो समय म्यासेजिङ गर्ने गर्दा जुन तरिकाले बसिन्छ, त्यसले ढाडको हड्डीको प्राकृतिक आकारलाई असर गर्छ । यसले सर्वाइकल स्पाइनमा दवाव पर्छ जसले स्पाईनल समस्या हुने गर्छ ।

शोधका क्रममा शोधकर्ताले शरिरको अवस्था, उक्त अवस्थावाट बन्ने शरिरको ढाँचा र तनावको प्रभावबारे अध्ययन गरेका थिए ।

उनका अनुसार सामान्य स्थितिमा कुनै व्यक्तिको शीरको भार ४.५ किलोदेखी ५.५ किलोसम्म हुन्छ । हरेक १५ डिग्रीको कोणमा झुक्दा यो भार जन बढि हुन्छ । १५ डिग्री झुक्दा ढाडमा करिब १२ किलोको तौल बराबरको दवाव पर्छ । यस्तै, ३० डिग्रीमा झुक्दा १८ किलो, ६० डिग्री झुक्दा २७ किलो बराबरको दवाव ढाडमा पर्ने गर्छ ।

जुन मानिसहरू दैनिक २-४ घण्टा मोबाइलमा म्यासेज गर्नमा बिताउँछन्, ती मानिसको ढाडमा करिव २७ किलो बराबरको तौलको दवाव पर्छ ।

आजको भागदौडको जीवनमा प्रविधीको प्रयोग नगर्नु सम्भव छैन्, यस्तो अवस्थामा सकेसम्म लगातार म्यासेजिङ गर्नबाट बच्नुनै ढाडको हाडको समस्याबाट जोगिने मुख्य उपाय हो । म्यासेजिङ गर्दा सकेसम्म ब्रेक लिएर गर्ने गरे यसले थप फाइदा गर्छ र सकेसम्म कम म्यासेजिङ गर्नुले अझ फाइदा गर्छ ।

केनेथका अनुसार जब कान, काँध र पिठ्यु एक लाइनमा रहन्छन्, उक्त स्थिति ढाडको हाडको लागी निकै आरामदायी हुन्छ । यसैले सकेसम्म सिधा भएर बस्नमा जोड दिनु राम्रो हुन्छ ।


  •  
  •  
  •  

Comments are closed.