उत्तरपुस्तिका परीक्षणको पारिश्रमिक बृद्धी तत्काल कार्यान्वयनमा लगिने

239
  •  
  •  
  •  

काठमाडौ, १६ मंसिर(ओएनएस) : त्रिभुवन विश्वविद्यालयले लामो समयको अन्तरालमा गरेको उत्तरपुस्तिका परिक्षणको पारिश्रमिक बृद्धी तत्काल कार्यान्वयनमा लैजाने भएको छ ।

यसै बर्षदेखी त्रिविले पारिश्रमिक बढाउने निर्णय  गरेको हो । बजारको बढ्दो मूल्यबृद्धीसँगै उत्तरपुस्तिका परिक्षणको पारिश्रमिक लामो समयसम्म नवढाइएको भन्दै पारिश्रमिक बढाइएको हो ।

परीक्षकको गुनासो बढेपछी त्रिवि कार्यकारी परिषदको गत कात्तिक ३०  गतेको निणर्यअनुसार यसअघि दिँदै आइएको स्नातक तहको प्रतिउत्तरपुस्तिका परीक्षणको रु २० लाई ३५  र स्नातकोत्तरको उत्तरपुस्तिका परीक्षणका रु २५ लाई रु ४०  कायम गरिएको छ ।

उक्त निणर्यको कार्यान्वयन हाल वितरण गर्न लागिएको स्नातक तह प्रथम बर्षको उत्तरपुस्तिका परीक्षणमा नै लागु गर्ने गरी परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।


  •  
  •  
  •