कक्षा ११ र १२ को परीक्षाका लागि एक हजार ४९ केन्द्र

357
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन (ओएनएस) : राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाखमा हुने कक्षा ११ र १२ को परीक्षाका लागि केन्द्र निर्धारण गरेको छ।

परीक्षाका लागि देशभर एक हजार ४९ केन्द्र निर्धारण गरेको बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती सत्यालले जानकारी दिए। यसवर्ष ५७ वटा परीक्षा केन्द्र थप गरिएका हुन्। गत वर्ष ९ सय ९२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो।

आगामी वैशाख १४ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ। वैशाख ३१ गतेदेखि कक्षा ११ को परीक्षा शुरु हुनेछ। परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता रहने बोर्डले जानकारी दिएको छ।

त्यसैगरी, बोर्डले परीक्षाको प्रश्नपत्र छपाइ शुरु गरेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा गोप्य प्रेसमा कक्षा ११ र १२ को प्रश्नपत्र छपाइ शुरु भएको बोर्डकी प्रवक्ता सत्यालले जानकारी दिए।


  •  
  •  
  •