२०५८ सालपछि परीक्षा छुटेका विद्यार्थीलाई त्रिविको मौका

1450
  •  
  •  
  •  

काठमाडौं । २०५८ साल तथा त्यसपछि लिएका परीक्षामा विभिन्न कारणले छुटेका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले ०५८ तथा त्यसपछि विभिन्न कारणले परीक्षा दिन छुटेका विद्यार्थीका लागि मौका परीक्षा दिने व्यवस्था गरेको हो ।
त्रिविले स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस बुुझाउन छुटेका विद्यार्थीहरूका लागि परीक्षा दिन पाउने गरी सूचना निकालेको छ ।
परीक्षामा सबै संकायका विद्यार्थी सहभागी हुुन पाउने त्रिविको सूचनामा उल्लेख छ ।
थेसिस पेपर, व्यावहारिक परीक्षा र शिक्षण अभ्यास दिन बाँकी रहेका सबैलाई यो मौका दिइनेछ ।

परीक्षार्थीले तोकिएको दस्तुरसहित यही असार २० गतेसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा आइपुुग्ने गरी फारम भरेर बुझाउनुपर्ने छ ।

 


  •  
  •  
  •