कक्षा १२ को वार्षिक परीक्षा शुरु

824
  •  
  •  
  •  

काठमाडौं, १५ वैशाख(ओएनएस) : कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु भएको छ ।
पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भएको छ ।

परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाडौंमा ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ ।

यसैबीच प्रश्नपत्रको सुरक्षाका लागि प्रश्नपत्र राखिएको कोठामा सीसीटीभीमार्फत निगरानी गरिएको छ ।
११ कक्षाको बार्षिक परीक्षा पनि वैशाख २९ गतेबाट नै शुरु हुनेछ ।


  •  
  •  
  •