सेनाको सिपाही पदकाे परीक्षामा नक्कली परीक्षार्थी, बाह्रा जना पक्राउ

306
  •  
  •  
  •  

काठमाडौं, १० चैत (अाेएनएस): नेपाली सेनाको सिपाही पदको लिखित परीक्षाका दिइरहेकाे क्रममा नक्कली परीक्षार्थी भेटिएका छन्। नेपाली सेनाले खुलाएकाे विज्ञापनकाे र्फम नै नभरी अन्य परीक्षार्थीकाे प्रवेश पत्र लिएर परीक्षा स्थलमा प्रवेश गरेकाहरुलार्इ प्रहरीले पक्राउ गरेकाे छ।

सक्कली परीक्षार्थी अाफ्नाे प्रवेश पत्र नक्कली परीक्षार्थीलार्इ दिइ परीक्षा स्थलमा पठाएपछि चार महिलासहित १२ जनालार्इ प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा मनिषा विष्ट, सम्झना मगर, जानकी माझी, गोपाल ढकाल, प्रकाश भण्डारी र समिप रोकाय रहेका छन् । त्यस्तै पक्राउ पर्नेमा लोचन वाग्ने, रोहित भण्डारी, सुदीप कार्की, गौतम राना, कविता श्रेष्ठ र दिवस कार्की रहेका छन् ।

उनीहरु रत्नराज्य स्कुल नयाँ वानेश्वर र सिआईटी कलेज तिनकुनेबाट पक्राउ परेका हुन् ।


  •  
  •  
  •