कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै

57
  •  
  •  
  •  


काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजबाट शुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन् । परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ भने ४ हजार ३१५ वटा परीक्षा केन्द्र छन् ।
गत जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण ३१ साउनका लागि सारिएको थियो । तर, कोरोना नियन्त्रणमा नआएको र जोखिम कायमै रहेको भन्दै फेरि परीक्षा सारिएको थियो ।


  •  
  •  
  •