कक्षा १२ को परीक्षा साउन ३१ देखि

54
  •  
  •  
  •  


काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ ।
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो।

परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डले जनाएको छ ।
‘१०० पूर्णांककै लिखित परीक्षा हुनेछ । परीक्षा भदौ ९ गतेसम्म चल्नेछ।

कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो।


  •  
  •  
  •