दक्षिण कोरियाली अपदस्थ राष्ट्रपति पाक पक्राउ

184
  •  
  •  
  •  

REUTERS
REUTERS

काठमाडौं, १८ चैत  (एजेन्सी) : दक्षिण कोरियाली अपदस्थ राष्ट्रपति पाक गुएन हाय पक्राउ परेकी छिन् ।

भ्रष्टाचारको अभियोग लागेमा अनुसन्धानका लागि उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ । अदालतले उनलाई हिरासतमा लिन अनुमति दिएपछि पक्राउ गरिएको हो ।

पाकमाथि त्यहाँको संसदले पारित गरेको महाअभियोगलाई संवैधानिक अदालतले सदर गरेपछि उनी पदमुक्त भएकी थिइन् । उनी मुलुककै इतिहासमा आफ्नो कार्यालयबाट हटाइने पहिलो निर्वाचित नेता पनि हुन् ।  दक्षिण कोरियामा अपराधमा तानिएर हिरासतमा पर्नेमा उनी तेस्रो राष्ट्रपति हुन् ।

पाकमाथि भ्रष्टाचारसँगै सरकारी गोप्य सूचना चुहावट गरेको आरोप पनि लागेको छ ।


  •  
  •  
  •