वर्खास्तीमा परेपछि ढकालको यस्तो आरोप

81
  •  
  •  
  •  

काठमाडौं, साउन २१ (ओएनएस)  : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कारोइलाका वर्खास्तीमा परेका स्वकिय सचिव लक्ष्मण ढकालले आफू कोईराला नभएकै कारण गलहत्याइएको आरोप लगाएका छन् । कोइरालाको छोरा नभएकै कारण आफूलाई बालुवाटारबाट अपमानजनक ढंगले हटाइएको उनको आरोप छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ढकालले कोइरालासँग आफ्नो सम्बन्ध विगार्न कोइराला परिवारका व्यक्तित्वहरु हावी भएकै कारण प्रधानमन्त्रीलाई समेत गुमहरामा राखि आफूलाई स्वकिय सचिवबाट हटाइएको हुनसक्ने बताएका छन् । उनले भने, ‘सत्ता र शक्तिका दलालहरुका कारण बाहिरिने अवस्था आएको हो । प्रधानमन्त्रीलाई बद्नाम गर्ने तत्वहरु अहिले बालुवाटारमा हावी छन् ।’

ढकालले हिजो पार्टी कमजोर र संकट भएको वेला सात समुन्द्रपारी भएका व्यक्तिहरु आज पार्टी सत्तामा भएको वेला प्रधानमन्त्रीको वरिपरि हावी भएको बताउँदै भने, ‘बालुवाटारमा कस्ता परिवार आएर बसेका छन् । तपाईहरु आँफै अनुमान लगाउन सक्नुहुन्छ । ढकालले घुमाउरो पारामा मृदुला कोइराला लगायतका व्यक्तिहरु बालुवाटारमा हावी भएकोले प्रधानमन्त्री शुशिल कोइराला पनि त्यही घेराबन्दीमा परेको आरोप लगाए । ढकालले थपे, ‘सुशील कोइराला प्रधानमन्त्री भए लगत्तै घर बनाउने, धन आर्जन गर्नेहरुको लाम अहिले बालुवाटारमा लागेको छ । मैले त दलाल प्रवृत्तिका मान्छेहरुबाट प्रधानमन्त्रीलाई सँधै टाढा राखेको थिँए ।’

पत्रकारहरुको जिज्ञासामा ढकालले आफू यसरी बाहिरिनुपर्ने अवस्था आउला भनेर कहिल्यै नसोचेको बताए । उनले भने, ‘११ बर्षदेखि एउटा त्यागी निष्ठावान नेताको सहयोगीको रुपमा काम गरें, तर मैले यस्तो अवस्था आउला भनेर कहिल्यै पनि सोचेको थिइन् । तर सरकारमा पुगेपछि भने यसको आभास मैले पाएको थिएँ । ढकालले थपे–सहयोगीको रुपमा ११ बर्षदेखि काम गर्दाको अनुभवले मलाई के भन्छ भने आफूमाथि षड्यन्त्र भएको नै थियो तर मैले त्यस्ता षडयन्त्रहरुलाई चिर्दै आएको थिएँ । हाल आएर म असफल भएँ ।’


  •  
  •  
  •