बुधबारको विदेशी मुद्राको विनिमयदर

352
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : नेपाल राष्ट्र बैंकले बुधबार लागि अमेरिकी डलर १ को खरिददर १ सय १२ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ०९ पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ७६ पैसा रहेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा छ । मंगलबार खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०६ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ६२ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा थियो ।

यस्तै आज बुधबार कुवेती दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ९० पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ८८ पैसा तोकिएको छ । हिजो खरिददर ३ सय ७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ५७ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २ सय ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २ सय ९९ रुपैयाँ ९७ पैसा छ । मंगलबार खरिददर ३ सय १५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७४ पैसा थियो ।

बुधबार कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ । मंगलबार खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा रहेको थियो ।


  •  
  •  
  •