बिहीबारको विदेशी मुद्राको विनिमयदर

263
  •  
  •  
  •  

काठमाडौं, ७ चैत(ओएनएस) : बिहीबारका नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय ९ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ४० पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ९४ पैसा छ । कतारी रियाल १ को खरिददर २९ रुपैयाँ २३ पैसा र बिक्रीदर २९ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर २८ रुपैयाँ ९८ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ २९ पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा छ । यस्तै आज कुवेती दिनार १ को खरिददर ३ सय ५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३ सय ६३ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर २९२ रुपैयाँ ०५ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको छ ।


  •  
  •  
  •