महिला हिंसाविरुद्धको ‘प्रत्येक महिला सन्धी’ का सह–संस्थापक नेपालमा

162
  •  
  •  
  •  

काठमाडौं । महिला हिंसाविरुद्धको सन्धी ‘Every Woman Treaty’ का सह–संस्थापकहरु नेपाल आएका छन् । सह-संस्थापक लिसा शानन(अमेरिका) र मीरा खन्ना(भारत) नेपाल आएका हुन् ।
उनीहरुले नेपाल सरकारका विभिन्न मन्त्रालय, मानव अधिकार आयोग, अधिकारकर्मी, नागरिक समाज र पत्रकारसँग छलफल गरेका छन् । टोलीले मंगलबार प्रधानमन्त्री कार्यालय मानव अधिकार महाशाखाका प्रतिनिधिसँग भेट गरेको छ । मंगलबार नै टोलीले ललितपुरस्थित स्वाम नेपालको कार्यालयमा महिला अधिकारकर्मी, पत्रकारसँग अन्तरक्रिया गरेको छ ।

सो क्रममा सह–संस्थापक लिसा शाननले महिला हिंसाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिमा महिला हिंसालाई समावेश गर्नका लागि उचित प्रयासहरू भए पनि प्रभावकारी हुन नसकेको बताइन् । ‘प्रत्येक महिला सन्धी’ले महिलामाथि हुने हिंसा अन्त्य गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘महिलाविरुद्ध सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिले बलात्कार, हिंसा शब्दहरु उल्लेख गरेको छैन । तर ‘प्रत्येक महिला सन्धी’ मा यसलाई उल्लेख गरिएको छ ।’

अर्की सह–संस्थापक मीरा खन्नाले नेपालमा महिला सम्बन्धी विभिन्न कानून रहेको भन्दै यसको कार्यान्वयनका लागि यस सन्धीले सहयोग पुग्ने बताइन् । उनले भनिन्,‘नेपालमा महिला हिंसाविरुद्ध धेरै कानूनहरु छन् । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । यसलाई कार्यान्वयनका लागि यस सन्धीले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ उनले महिला हिंसाविरुद्ध फोकस गरी यस सन्धी अगाडि बढेकाे बताइन् ।

सो क्रममा गोरखापत्र संस्थानको पूर्व प्रधान सम्पादक हरिकला अधिकारी, अधिकारकर्मी नम्रता शर्मा, निर्मला शर्मा लगायतले नेपालमा महिला हिंसा सम्बन्धि कानून रहेपछि कार्यान्वयनको अवस्था फितलो रहेकोमा जाेड दिएका थिए ।

टोलीले परराष्ट्रमन्त्री नारायण खड्का, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगका पदाधिकारीलाई समेत बुधबार भेटेको छ ।
भेटमा सहसंस्थापक शासन र खन्नाले नेपाल सरकारको तर्फबाट यो सन्धीको माग गर्नुपर्ने र जुन २०२२ मा हुन गइ रहेको मानव अधिकार परिषदको बैठकमा यस विषयमा कुरा राख्न पनि आग्रह गरेका थिए ।

के हो ‘प्रत्येक महिला सन्धी’ ?

हरेक महिला सन्धि महिला र बालिकाविरुद्ध हिंसा अन्त्य गर्न विश्वव्यापी सन्धिको अभियान हो । विश्वभरका महिला र बालिकारूका लागि सुरक्षित संसारको लागि काम गर्ने १२८ देशहरूमा १,७०० भन्दा बढी महिला अधिकारकर्मीहरू, अधिवक्ता हरु, विद्वानहरू र संस्थाहरूको विश्वव्यापी गठबन्धन हो ।

विश्वभर महिला र बालिकाहरू विरुद्ध हिंसा अन्त्य गर्न नेटवर्कले पहिलो मस्यौदा सन्धि पनि जारी गरेको छ । यो आठ वर्षको व्यापक अनुसन्धान र विश्वभरका विज्ञहरूसँगको परामर्शको परिणाम रहेको उल्लेख छ ।

अन्तिम मस्यौदा अनुमोदनगर्न संयुक्त राष्ट्र संघ(यूएन) सदस्य राष्ट्रहरुको आवश्यक पर्दछ । यो महिला विरुद्धको हिंसामा केन्द्रित संयुक्त राष्ट्र संघ(यूएन) को एकल सन्धीको रूपमा प्रस्ताव गरिएको छ । यसका समर्थकहरू केही वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय महिला अधिकार सम्मेलनहरूमा उपस्थित रहँदै आएका छन् ।

को हुन् सह–संस्थापक लिसा शानन ?


लिसा एक महिला अधिकारकर्मी, मानव अधिकार विज्ञ, र लेखक हुन् । जसले विगत १५ वर्ष देखि महिलाविरुद्ध हिंसा उन्मूलन गर्नको लागी विश्वव्यापी नीति निर्माणलाई उठान गर्ने काम गर्दै आएकी छन् ।

महिलाहरुको सुरक्षाको लागी चरम खतराहरुबारे उनले विश्वव्यापी छलफलको भूमिकामा नेतृत्व गर्दै आएकी छन् । सामान्य महिलाहरूलाई सशक्तिकरण गरी अन्तर्राष्ट्रिय महिला अभियानमा नेताहरूको रूपमा उभिन उनको एकमात्र फोकस रहेकोले आज “Every Woman Treaty”आजको विश्वव्यापी अभियानमा निर्माण भएको छ ।

अन्तर्राष्ट्रिय यौन हिंसा नीति, संयुक्त राष्ट्र संघ र सम्मेलन प्रणालीमा एक विशेषज्ञको रूपमा, लीसाले सामुदायिक स्तरमा सामाजिक अभियानहरु, विश्वव्यापी सचांर अभियानहरुको मार्फत महिलाहरुकोविरुद्ध हिंसा सम्बोधन गर्न र नीति परिवर्तन गर्न सक्षम भएकी छन् ।

सह–संस्थापक मीरा खन्ना

मीरा खन्ना एक लेखक, कवि, र  महिला अधिकारकर्मी हुन् र उनी गिल्ड अफ सर्भसी ECOSOC स्टेटस प्राप्त, एक गैरसरकारी संस्थामा कार्यकारी उपाध्यक्षको रुपमा कामगर्छिन् । साथसाथै सामुदायिक स्तरमा वकालतको काम गर्छिन् । एक सामाजिक कार्यकर्ताको हैसियतमा उनले कश्मिरको द्वन्द्व प्रभावित महिलाहरु र बालबालिकाहरुसँग काम गरेकी छन् ।

उनको कामको मुख्य केन्द्र वञ्चितिकरणमा परेका महिलाहरु, विशेष गरी एकल महिलाहरुमा छ । गिल्डसँग उनको सामुदायिक स्थरमा र वकालत कामको माध्यमबाट, उनले वञ्चितिकरणमा परेका महिलाहरुको आर्थिक, राजनैतिक, र कानूनी क्षमताहरुको निर्माण परियोजनाहरुमा नेतृत्व गरेकी छन् ।

हालसालै उनले वञ्चित महिलाहरुको सशक्तिकरण को लागि “Last Women First” एक विश्वव्यापी गठबन्धन बनाउन मद्दत गरेकी छन् । उनले करियर काउन्सिलिङ, कविताहरूको संग्रह (If There be a Paradise) र कश्मीरमा गुट, फिल्म स्क्रिप्टहरू, र धेरै देशका पत्रहरू र महिला अधिकार र एकल महिलाहरूको अधिकार सम्बन्धी सम्मेलनहरू, पत्रपत्रिकाहरू, संकलनहरू, अन्तर्राष्ट्रिय फोरमहरूमा र संयुक्त राष्ट्र प्रणालीमा लेखेकी छन् ।

वास्तविक जीवन कथाहरु मा आधारित उनको पुस्तक “In a State of Violent Peace” कश्मीर मा द्वन्द्व को मानवीयकरण को व्यापक प्रशंसा गरिएको छ । साथै उनको पुस्तक “Breaking Paths” महिलाहरुमा आधारित छ ।

यसरी यस अभियानमा लिसा र मीरा जस्ता विश्वभरका महिला र बालिकारूका लागि सुरक्षित संसारको लागि काम गर्ने १२८ देशका १,७०० भन्दा बढी महिला अधिकारकर्मी, वकिल, विद्वानहरू र संस्थाहरू संगठित छन् ।


  •  
  •  
  •