काठमाडौं, ७ मंसिर (ओएनएस) : एभरेष्ट इन्स्योरेन्सले शेयरधनीलाई १ बराबर १ दशमलव ५ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ ।
कम्पनीले हकप्रद शेयर प्रस्ताव पारित गर्न आगामी मंसिर २३ गते विशेष साधारणसभा आयोजना गर्ने भएको छ ।
बीमा समितिले तोके अनुसार चुक्ता पूँजी बृद्वि गर्न हकप्रद शेयर जारी गर्ने निणर्य गरेको हो ।
बीमा समितिले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पँुजी २५ करोड हुनुपर्ने व्यवस्था गरेको छ ।
कम्पनीको चुक्ता पँुजी हाल १० करोड ९ लाख मात्र छ । प्रस्तावित हकप्रद शेयर वितरण पश्चात चुक्ता पुँजी २५ करोड २२ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आवको असोज मसान्तसम् १३ लाख ६१ अजार नाफा कमाएको छ ।