एभरेष्ट होटलमा आगलागी

107
  •  
  •  
  •  

काठमाडौं १५ चैत (ओएनएस) : काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आगलागी भएको छ । बिहान विद्यतु सटभई होटेलको भुईतलामा आगो लागेको छ । आगो लागे लगत्तै दम्कलको सहायताले नियन्त्रणमा लिइएको छ । होटलको भुइतलामा आगो लागेको र केहीसमयमा नै नियन्त्रणमा लिइएको होटल प्रशासनले जनाएको छ । आगलागीपछि केहीबेर तनाव सृजना भएको थियो । पाहुनालाई पनि बाहिर निकालीएको थियो ।


  •  
  •  
  •