हलिउड चलचित्रमा नेपाली झण्डा…(भिडियोसहित)

219
  •  
  •  
  •  

काठमाडौ, २३ जेठ(ओएनएस) : नेपालमा छायांकन गरिएको हलिउड चलचित्र ‘एभरेष्ट’को ट्रेलर सार्वजनिक गरिएको छ । एभरेष्टमा सन् १९९६ मा सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका अमेरिकीहरूको कथालाई समेटिएको उक्त चलचित्रमा नेपाली झण्डा समेत फहराइएको छ ।

everest hollywood movie1ट्रेलरमा सगरमाथाको शिखरमा पुगेपछि रमाइलो गरिरहेको अवस्थामा एक नेपालीजस्तै देखिने व्यक्तिले नेपालको झण्डा उचालेको देखाइएको छ । सगरमाथाको सफल आरोहणपछि खुसी मनाउँदै गर्दा फहराइएको उक्त झण्डाको एक भाग अर्थात् एक त्रिकोणमात्र देखिएको छ ।

everest hollywood movie2उक्त चलचित्रको निर्देशन बाल्टासुर कोर्माकुरले गरेका हुन् । यस चलचित्रमा राजधानीलगायत सगरमाथा क्षेत्रको दृश्यहरू देखाइएको छ । चलचित्रमा हलिउडका चर्चित कलाकारहरू जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको अभिनय देख्न सकिन्छ ।

everest hollywood movie3युनिभर्सले पिक्चर्सले निर्माण गरेको यो फिल्म सेप्टेम्बर १८ मा रिलिज हुनेछ ।


  •  
  •  
  •