एभरेष्ट बैंक लिमिटेड २१ औं बर्षमा

317
  •  
  •  
  •  

काठमाडौं,२ कात्तिक (ओएनएस) : एभरेष्ट बैंक लिमिटेड २१ औं बर्षमा प्रवेश गरेको छ ।
बैंकले आइतवार विभिन्न कार्यक्रम आयोजना गरि २०औं बार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा बैंकले रक्तदान कार्यक्रम, कम्प्युटर दानलगायत कार्यक्रम आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका थिए । सोही कार्यक्रममा एभरेष्ट बैंकले जोरपाटी स्थित अपाङ्ग युवा संघ नामक गैर सरकारी संस्थालाई कम्प्युटरहरु पनि दान गरेको थियो । यसका साथै एभरेष्ट बैंकले २० वर्षभन्दा बढी बैँकमा कार्यारत रहेका कर्मचारीहरुलाई प्रमाणपत्रका साथ अभिनन्दन गरेको थियो ।

कार्यक्रममा एभरेष्ट बैंकका अध्यक्ष बि.के. श्रेष्ठका साथै अन्य निर्देशकहरु र कर्मचारीहरु पनि उपस्थित थिए ।
बैँकले ५३ वटा स्थानीय शाखाहरु, ५ एक्स्टेन्सन काउन्टरहरु, २३ राजस्व संकलन काउन्टरहरु, ७५ वटा एटिएम र विश्वव्यापी रुपमा रहेका संवाददाताहरुका माध्यमबाट ग्राहकहरुलाई व्यवसायिक तथा योग्य बैँकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

पंजाब नेशनल बैँकसँगको सहकार्यबाट अझै मजबुत बन्दै आएको एभरेष्ट बैँकले आफनो आकार र सेवाहरु बढाउँदै आफुलाई नेपालको नीजि क्षेत्रमा अग्रणी स्थानमा राख्न सफल भएको छ ।


  •  
  •  
  •