एभरेष्ट बैंकद्धारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग

133
  •  
  •  
  •  

everest bank donates computersकाठमाडौ, २ चैत : एभरेष्ट बैंकले सर्लाही बलराको ग्रामिण भेगमा रहेको श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयलाई कम्प्युटरहरु सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले ती कम्प्युटरहरू सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कमलेश्वर कुमार सिंहालाई उक्त कम्प्युटरहरू हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैक सधै पिछडिएको क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि सहयोग गर्न प्रतिबद्ध रहेको र यसरी ग्रामिण स्थानमा अवस्थित विद्यालयलाई आवश्यक आधुनिक उपकरणहरू सहयोग गर्ने लक्ष्य रहेको बताएका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्व तर्फ सदैव संवेदनशील रहेको एभरेष्ट बैंकले शिक्षाको साथसाथै स्वास्थ्य, खेलकुद लगायत अन्य आवश्यक क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।

बैंकले हाल आफ्ना ५३ वटा शाखाहरू, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८० एटिएमका साथै भारतको नयाँ दिल्ली स्थित आफ्नो सम्पर्क कार्यालयबाट समेत समस्त ग्राहकवर्गमा सेवा पुर्याउदै आएको छ ।


  •  
  •  
  •