पोखरामा एभरेष्टको दोस्रो एटिएम

458
  •  
  •  
  •  

काठमाडौं ,२९ कात्तिक (ओएनएस) :एभरेष्ट बैंक लिमिटेडले पोखराको लेकसाइडमा नयाँ एटिएमको स्थापना गरेको छ ।
बैंकिङ् सेवालाई विस्तार गर्दै सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ् सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट नयाँ एटीएम स्थापना गरेको बैंकले जानकारी दिएको छ ।

पोखरामा एभरेष्टको  दोस्रो एटिएम हो । यससँगै बैंकको जम्मा एटिएम ७६ पुगेको छ ।

एटिएमको कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा उद्दघाटन गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य  टिका सापकोटा लगायत स्थानीय उच्च पदस्थ व्यक्तिहरु, च्याम्बर तथा बैंकका पदाधिकारीहरुको उपस्थिति थियो ।

बैँकले हालै आफनो सेवाको २० वर्ष पूरा गरेको छ ।  बैँकले ५३ वटा स्थानीय शाखाहरु, ५ एक्स्टेन्सन काउन्टरहरु, २३ राजस्व संकलन काउन्टरहरु, ७६ वटा एटिएम र विश्वव्यापी रुपमा रहेका सन्जालहरुका माध्यमबाट ग्राहकहरुलाई व्यावसायीक तथा प्रभावकारी बैँकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

पंजाब नेशनल बैँकसँगको साझेदारी मार्फत आफ्नो कारोवारको वृद्घि गर्दै आएको  बैंकले आफना उत्कृष्ट कारोवार तथा सेवाहरुका लागि “वर्षको सर्वोत्कृष्ट बैँक”, “सर्वोत्कृष्ट व्यवस्थित कमर्सियल बैँक” “सबैभन्दा धेरै कर तिर्ने कमर्सियल बैँक” जस्ता थुप्रै पुरस्कार तथा ख्यातिहरु प्राप्त गरेको छ ।


  •  
  •  
  •