हात्ती महाेत्सवकाे तेस्राे दिन विभिन्न प्रतियाेगिता सम्पन्न (फोटो फिचर सहित)

1206
  •  
  •  
  •  

काठमाडौं,१३ पुस (ओएनएस): चितवनको सौराहामा मंगलबार देखि सुरु भएको हात्ती महोत्सवमा अाज तेस्राे दिन बिभिन्न प्रतियागिताहरु सम्पन्न भएका छन् ।

प्रतियागितामा हात्तीको  फुटबल, बनभाेज र  हात्तीपाेलाे खेलहरु भएकाे छ ।  हात्तीका छावाहरुकाे फुटबलमा सिजि फुड र प्रभु वैंकबीच प्रतिस्पर्धा भएको थियाे । उक्त फुटबल प्रतियोगितामा सिजी फुड फाइनलमा प्रबेश गरेको छ । फाइनल खेल सिजी फुड्स र कुमारी बैंकबीच हुने भएकाे छ ।

यस्तै  एमई ट्राभल एण्ड टुर्स र नाटाबीच भएको हात्ती पोलो प्रतियोगितामा एमई ट्राभल  ४-२ अंकले विजयी भएर दोस्रो चरणका लागि छनौट भएको छ । मेघा बैंक र नेपाल स्पोर्ट कल्चर युसएबीच भएको हात्तीपाेलाेमा समान २ अंक ल्याएर दुवै अर्काे राउण्डमा प्रवेश गरेको छन् ।

आज नै निजी तथा सरकारी गरी ९० वटा हात्तीले सामुहिक बनभोज कार्यक्रममा सहभागी भएको एमई ट्राभल एण्ड टुर्सका बरिष्ठ ब्यवस्थापक युवकराज पराजुलीले ओएनएसलाई जानकारी दिए ।

महाेत्सवमा भोली हात्ती फास्ट वाक हुने भएको छ । फास्टवाकमा १२ वटा हात्ती सहभागी हुने छन् । सेमिफाइनलका लागि ६ वटा हात्ती छनौट हुने छन् । भोली नै हात्ती सुन्दरी प्रतियोगिता पनि हुने भएको छ । जसमा ५ वटा हात्तीहरुले सहभागीता जनाउने छन् । हात्ती सुन्दरी प्रतियोगितामा ३ वटा हात्ती प्रथम, दोस्रो र तेस्रो स्थानका लागि छनौट हुनेछन् । हात्तीको छावाको फुडबलका लागि भोली नै प्रभु मनि बैंक र मेघा बैंकबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

पुस १५ गते सम्म चल्ने महोत्सवमा स्थानिय थारु कलाकार देखि राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहदै आएको छ ।


  •  
  •  
  •