ईयू प्रतिनिधिलाई प्रधानमन्त्रीको जवाफ : तेस्रो संविधानसभाको कल्पना समेत गरेको छैन

162
  •  
  •  
  •  

काठमाडौ‌ , २७ चैत (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहेको यूरोपेली संसदका प्रतिनिधिहरुले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको छ ।

शुक्रबार भएको भेटमा प्रधानमन्त्री कोइरालाले वर्तमान संविधानसभाबाटै संविधान आउने प्रतिबद्धता व्यक्त गर्दै कसैले पनि तेस्रो संविधानसभाको कल्पना सम्म नगरेको बताएका छन् ।

उनले सबै दलहरुबीच सहमतिको लागि गरिएको अधिकतम प्रयास सार्थक नभए लोकतान्त्रिक विधि अनुरुप प्रकृयामा गएर विवादित विषयको टुंगो लगाउने विकल्प रहेको पनि बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाएका छन् । यसअघि प्रतिनिधिमण्डले बिहिबार सभाध्यक्ष सुबास नेम्बाङसँगको भेटमा तेस्रो संविधानसभाको निर्वाचन हुन्छ भन्दै प्रश्न गरेका थिए ।

वार्तामा यूरापेली संसदकी प्रतिनिधि मण्डलकी अध्यक्ष लाम्बार्टले संविधान निर्माणका सम्बन्धमा आफूहरुको अभिब्यक्तिको आशय तेस्रो संविधानसभातिर लक्षित नभएको बताएका थिए ।

यूरोपेली संसदको दक्षिण एशिया मामिलाका प्रतिनिधिमण्डलकी अध्यक्षा जिन लाम्बर्ट को नेतृत्वमा आएको प्रतिनिधि मण्डलसंगको भेटमा नेपाल र यूरोपेली संसदको सम्बन्ध, यूरोपेली संघले नेपाललाई गरेको आर्थिक सहयोग, नेपालको संविधान निर्माण प्रक्रियाको बारेमा कुराकारी भएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले गत असोज महिनामा भएको ब्रसेल्स भ्रमणका बखत यूरोपेली काउन्सील र यूरोपेली आयोगका सभापतिहरुसंग भएको भेट निकै सकारात्मक भएको स्मरण गरेका एि । उनले यूनियनले २०१४ देखि २०२० सम्मका लागि नेपाललाई दिने सहयोग रकम विगतको तुलनामा ३ गुना बढाएर नेपालको आर्थिक सामाजिक विकासको आवश्यकतालाई संबोधन गर्न खोजको पनि बताए ।
प्रधानमन्त्रीले संविधान निर्माणमा अधिकतम लचकता अपनाएर विगतका विवादित विषयहरु टुंगोमा पु¥याउन लागिएको पनि बताए ।

उनले निर्वाचन प्रणाली, न्याप्रणाली,शासकीय स्वरुपमा सहमतिको निकट रहेको र प्रदेशको संख्या,नामाङ्कन र सीमाङ्कनमा पनि दलहरु लचिलो ढंगले बार्तामा संलग्न भैरहेको बताए । उनले विदेशी मित्रहरुले लोकतान्त्रिक मूल्य र मान्यतालाई सहयोग पु¥याउने अपेक्षा गर्दै आफू नेपालको भविष्यप्रति अत्यन्तै आशावादी रहेको बताए ।


  •  
  •  
  •