२०२४ को युरोकप जर्मनीमा हुने

807
  •  
  •  
  •  

काठमाडाैं, १२ असाेज (अाेएनएस) : युरोकप २०२४  जर्मनीमा हुने भएकाे छ। जर्मनीले भोटिङमा आयोजनाको अर्को दाबेदार टर्कीलाई पन्छाएर युरोकप आयोजना गर्ने मौका पाएको हो।सन्

२०२४ को युरोकपका लागि जर्मनी र टर्कीले बिट लगाएकाे  युरोपियन फुटबल एसोसिएसन (युईएफए) ले उक्त निर्णय गरेकाे हाे।

तर, स्विजरल्याण्डको नियोनमा भएको युईएफएको मतदानमा जर्मनीले १२ मत पाएको थियो। टर्कीले जम्मा ४ भोट मात्र पायो। सन् २०२४ को युरोकप २४ टिमको सहभागिता रहनेछ। जुन र जुलाईमा ३२ दिन चल्ने युरोकपमा ५१ खेल हुनेछ। युरोकप जर्मनीको विभिन्न ९ सहरमा हुनेछ।

२०२४ मा जर्मनीमा हुने यूरो कपमा २४ देशले सहभागिता जनाउनेछन् ।  त्यसअघि सन् २०२० को युरोकप युरोपका १२ राष्ट्रको १२ सहरमा हुँदै छ।

जर्मनीले   यसअघि १९८८ यूरो कपको आयोजना गरेकाे थियाे।


  •  
  •  
  •