युरो कप : जर्मनीले पोर्चुगललाई हरायो

157
  •  
  •  
  •  

काठमाडौं । युरो कप फुटबलमा जर्मनीले पोर्चुगललाई हराएको छ । गएराति म्युनिखमा भएको खेलमा जर्मनीले साविकको च्याम्पियन पोर्चुगललाई ४–२ गोलले हराएको हो । जर्मनीको जितमा दुई गोल पोर्चुगलका खेलाडीले आत्मघाती गोल गरेका थिए ।

खेलको १५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । रोनाल्डोको युरो कपमा १२ र कुल अन्तर्राष्ट्रिय गोल सङ्ख्या एक सय १२ पुगेको छ । तर ३५ औं मिनेटमा पोर्चुगलकै रुविन डायसले र ३९ औं मिनेटमा राफेल गुएर्रेइओले आत्मघाती गोल गर्दा जर्मनीले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफको ५१ औं मिनेटमा जर्मनीका काइ हाभर्जले र ६० मिनेटमा रोविन गोसेन्सले गोल गरे । ६७ औं मिनेटमा पोर्चुगलका डिएगो जोताले गोल गरे पनि जितको लागि पर्याप्त भएन र खेल ४–२ को नतिजामा सकिएको थियो । जर्मनी र पोर्चुगलको समान तीन अङ्क भए पनि गोल अन्तरका आधारमा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो स्थानमा छ । अन्तिम १६ मा प्रवेशको लागि यो समूहका सबै टोलीको सम्भावना रहेको छ ।

अब समुहको अन्तिम खेलमा पोर्चुगलले फ्रान्ससँग खेल्नेछ भने जर्मनीले हंगेरीसँग प्रतिस्पर्धा गर्नेछ ।


  •  
  •  
  •