नेपालको राजनीतिक संक्रमणमा विदेशी चासो

203
  •  
  •  
  •  

काठमाडौं २५ चैत (ओएनएस) :  नेपालमा लम्बिदै गएको संक्रमणकालका विषयमा अन्तर्राष्ट्रिय चासो बढ्न थालेको छ । दलहरुबीच सहमति हुननसक्दा संविधान निर्माण प्रक्रिया अन्यौलमा रहेकाले विदेशी चासो बढ्न थालेको हो । पछिल्लो राजनीतिक अवस्था, संविधान लेखन र विकास प्रक्रियाबारे प्रत्यक्ष जानकारी लिन युरोपेली युनियनका सांसदको टोली आज नेपाल आउदैछ ।

बेलायतका तर्फबाट युरोपेली युनियनमा सांसद रहेकी जिन लाम्वर्टको नेतृत्वमा चार सदस्यिय टोली चार दिनका लागि नेपाल आउन लागेको हो । हरेक एक वा दुईवर्षमा उनीहरु नेपाल आउने र यहाँको राजनीतिक अवस्थाको बारेमा जानकारी लिने गर्छन् ।

टोलीले राष्ट्रपति डा रामबरण यादब, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र काठमाडौंमा रहेका कूटनीतिक समुदायहरुसंग समेत भेटवार्ता गर्नेछ ।


  •  
  •  
  •