ईयुको प्रतिवेदन कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी

‘पहिचानविरोधी संघीयता खारेज गर्नुपर्छ’
358
  •  
  •  
  •  

काठमाडाैँ, ५ बैशाख (अाेएनएस) : पहिचानमा आधारित संघीय गठबन्धनले युरोपियन युनियनले हालै सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माँग गरेको छ ।  गठबन्धनले काठमाडाैँमा पत्रकार सम्मेलन गर्दै ईयुको प्रतिवेदन लागु गर्न आग्रह गरेको हो ।

गठबन्धनले इयुको प्रतिवेदन लागु नगरिए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी समेत दिएको छ ।

पत्रकार सम्मेलनमाबोल्दै गठबन्धनमा आवद्ध खसान राष्ट्रिय संघर्ष समितिका संयोजक प्रेमबहादुर खातीले खस र आर्य भिन्नाभिन्नै समूदायभएकोले संविधानमापनि खस र आर्यलाई एउटै समूहमा राख्न नहुने धारणा राखे । उनले भने,‘खस र आर्यलाई भिन्नै समूहमा राख्नुपर्छ, खसलाई आदिवासीमा सूचिकृत गर्नुपर्छ।’

कार्यक्रममा खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्षएवम् पूर्व सांसद आर.के. खुम्बुले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली पहिचान विरोधी भएको आरोप लगाए । उनले भने,‘ओलीजी संघीयताविरोधी मान्छे हो, उहाँले संघीयतालाई असफल तुल्याउन विभिन्न चलखेलहरु गरिरहनु भएको छ।’ उनले आफूहरुलाई पहिचान नदिए बन्दुक उठाउन पनि तयार रहेको चेतावनी दिए ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक् षकुमार लिङ्देनले पहिचानमा आधारित संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले भने,‘संघीयतालाई सिध्याउनेगरि ल्याईएको ७ प्रदेशलाई हामीमान्दैनौं, ७ प्रदेशलाई पूनः सख्याँकरण गरि ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानका आधारमा थप प्रान्तहरु निर्माण गरिनुपर्छ, पहिचान विरोधी संघीयता र संविधान हामी मान्दैनौं।’

पहिचानविरोधी संविधानको विरुद्धमा थप संघर्ष गर्नपनि आफूहरु तयार रहेको उनले चेतावनी दिए । नेपाल राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजय सैंजुले काठमाडौं उपत्यकाका आदिवासी नेवारहरुको जमिन कब्जागर्दै वस्तीहरु विस्थापित हुनेगरि सडक निर्माण गर्ने कार्य तत्काल रोक्नुपर्ने माँग गरे । उनले नेवारहरुको पहिचानमा आधारित राज्य हुनुपर्नेमा जोड दिए ।

उनले नेवा र ताम्सालिङहरुको बाहुल्यता रहेको प्रदेशमा समेत डोरमणि पौडेललाई मुख्यमन्त्रीबनाईएको भन्दै आपत्ति जनाए ।
सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष कुमार राईले सुनसरीको धरानको ऐतिहाँसिक किराँतलिम्बुवान क्षेत्रमा जबरजस्ती  निर्माण गर्न लागिएको खानेपानी ट्याँकी तत्काल बन्द गर्न आग्रह गरे । उनले भने,‘भोजपुरको घोडेटार र मगरातको ढोरपाटनमा आदिवासी सभ्यतामाथि गरिएको अतिक्रमण तत्काल बन्द गर्नुपर्छ।’

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवाले पहिचान सहितको संघीयता माँग गर्दै कैलालीको टिकापुरमा भएको घट्नामा मानसिक असन्तुलन भएको ११ वर्षीय बालकसहित २६ जनानिर्दोषथारु नेताहरुलाई अढाई वर्षदेखि कुनै सुनुवाई बेगर जेलमा बन्दी बनाईनु दुःखद् र रंगभेदीकार्य भएको आरोप लगाए ।

उनले लक्ष्मण थारुसहित २६ जनाथारु नेताहरुलाई तुरुन्त रिहाई गर्न समेत माँग गरे । उनले थपे,‘त्यस्तै कैलाली बाट अत्यधिक मत प्राप्तगरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका रेशम चौधरी लाई तुरुन्त प्रतिनिधि सभा सदस्यको प्रमाणपत्र दिनुपर्छ।’

त्यस्तै तामाङ सालिङलोक तान्त्रिक पार्टीका अध्यक्ष सिंहमानतामाङ्ले पहिचानसहितको संघीयता स्थापनागर्नको लागि सबै एकजुट भएर सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

गठबन्धनले आदिवासीसँग सम्बन्धित बिदाहरु सरकारले काटेको विरुद्ध आपत्तिजनाएको छ । गठबन्धनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल आदिवासी जनजाति महासंघले यही बैशाख ७ र २२ गते घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुप्रति गठबन्धनको पूर्ण समर्थन र साथ छ।’


  •  
  •  
  •