र्इयूले नेपालकाे स्वाभिमानमाथि गर्याे यस्ताे प्रहार, तरार्इमा नेपाली प्रतिनिधी पठाइ गाईलाई राष्ट्रिय जनावरबाट हटाउनु पर्ने अभिब्यक्ति दिन लगाएपछि चाैतर्फी विराेध

चाैतर्फी अालाेचना भएपछि बाेलेकाे कुराबाट कमब्याक भर्इन् र्इयूकी प्रतिनिधी
561
  •  
  •  
  •  

काठमाडाैँ, ३० चैत्र (अाेएनएस) : इयूले पछिल्लाे समय नेपालकाे स्वाभिमान माथि हस्तक्षेप गर्नुका साथै विवादस्पद प्रतिवेदन सार्वजनिक गरेर अालाेचना खेपीरहेकाे समयमा पुन: अाेलाेचित हुने गतिविधी गरेकाे छ।

गाईलाई राष्ट्रिय जनावरबाट हटाउन तराईमा नेपाली प्रतिनिधी खटाएको समाचार विभिन्न सञ्चार माध्यममा भइरल बनेकाे छ।

नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाइछाडेको युरोपियन युनियनले अन्ततः पछिल्लो समय गाईलाई पनि राष्ट्रिय जनावरबाट हटाउन ठुलो चलखेल गर्न थालेको छ। नेपालको स्वाभीमान माथि नै हात हाले पनि राजनैतिक दल र सरकार भने यस विषयकाे जानकारी बारे अनविज्ञ छन्।

केही दिनअघि प्रदेश ३ की उपसभामुख राधिका तामाङ्गलाई उचालेर गाई काट्न पाउनुपर्ने र राष्ट्रिय जनावरबाट हटाउनुपर्ने जबरजस्त बहस सिर्जना गराएको इयुले अहिले तराईमा आफ्ना प्रतिनिधी पठाएको उच्च स्रोतले बताएको छ।

प्रदेश ३ मा असफल भएपछि इयुले आफ्ना नेपाली एजेण्टलाई तराईमा परिचालन गरेर गाई काट्नु पाउनुपर्ने र राष्ट्रिय जनावरबाट हटाउनुपर्ने बहस सिर्जना गर्न विभिन्न उपाय अपनाउन खोजेको छ ।

खासगरी तराईका मुस्लिम र क्रिश्चियनलाई उचालेर यो अभियानलाई अघि बढाउने इयुको मुख्य योजना रहेको छ। यसका लागि इयुले अधिकारकर्मीको खोल ओडेका केही स्वघोषित अगुवालाई जिम्मेवारी दिएको स्रोतले बताएको छ।

यसअघि तराईमा राहत बाड्ने नाममा जबरजस्ती धर्म परिवर्तन गराउन भुमिका खेलेको भनेर विवादमा तानिएका कथित विश्लेषक तुलनारायण साह र उनकी पत्नी (कथित महिला अधिकारकर्मी एवं अनुसन्धानकर्ता रिता साह) ले गाई काट्न पाउने र राष्ट्रिय जनावरबाट हटाउनुपर्ने मिसनको जिम्मेवारी पाएको भनेर माईसंचार डटकमका सम्पादक विनय कर्णले सञ्चार माध्यममा लेखेका छन्।

विभिन्न सञ्चार माध्याम उक्त समाचार भाइरल भएपछि उनकाे चाैतर्फी रुपमा अालाेचना हुन थालेपछि उनी बाेलेकेा कमब्याक भएकी स्राेतकाे दाबी छ।

तर अधिकारकर्मी एवं अनुसन्धानकर्ता रिता साहले उक्ता समाचार निराधार रहेको बताएकी छिन्। उनले उक्त समाचार निराधार रहेको भनेर आफ्नो फेसबुक मार्फत पुष्टि गर्न खोजेकी छिन्।

उनले लेखिएको समाचार निराधार भन्दै फेसबुका लेखेको कुरा जस्ताको त्यस्तै

दुई दिनअघि राजविराजको एक लोकल अनलाइनले मेरो अन्तरवार्ता लिएको थियो । अन्तरवार्तामा मैले गाई काटेर खानुपर्छ भनेकै छैन । उक्त अन्तरवार्तामा कतै पनि यो कुरा उल्लेख गरिएको पनि छैन । तर केही संचार माध्यम र व्यक्तिहरूले मैले बोल्दै नबोलेको कुरालाई मसाला बनाएर मलाई बदनाम गर्न प्रयास गरिरहेका छन् । इच्छुक व्यक्तिले अन्तरवार्ता पढ्नुहोला ।

यसै विषयमा विश्लेषक तुलनारायण साहसँग कुरा गर्दा उनले पनि मिडियामा आएको समाचारको कुनै सत्यता नभएको बताएका छन्।

उनले भने,‘ बोल्दै नबोलेको कुरा र गर्दै नगरेको काम सँग मेरो नाम जोडेर कसले किन प्रयोग मलाई थाहा छैन् र यो काममा मेरो कुनै संलग्नता छैन’

माईसंचार डटकमले लेखेको छ– ‘मिसनकाे जिम्मेवारीसहित मधेस झरेकी रिताले सप्तरीको राजविराजमा सार्वजनिक रुपमै राष्ट्रिय जनावर परिवर्तन गर्नुपर्ने माग गरिन। उनले गाई हिन्दुहरुको लागि पुज्यनिय रहेको तर अरु धर्म मान्नेहरुको लागि नहुने भएकाले राष्ट्रिय जनावरबाट हटाउनुपर्ने तर्क गरेकी हुन्। उनले इयुले एनजिओ मात्र नभई नेपाल सरकार धेरै मन्त्रालय नै चलाइरहेको दाबी गर्दै धर्म परिवर्तनलाई रोक्न नहुने बताइन्। आफै पैसा दिएर धर्म परिवर्तन गराउँदै हिडेको आरोप खेपिरहेकी उनी भन्छिन्– कसैले स्वेच्छाले धर्म परिवर्तन गर्न चाहेमा रोक्नु हुदैन्।’

माईसंचार डटकमले लेखेको छ– कथित महिला अधिकारकर्मी एवं अनुसन्धानकर्ता रिता साहले बाेलेकाे कुरा जस्ता त्यस्तै


  •  
  •  
  •