र्इयूको निर्वाचन प्रतिवेदन माथि संसदमा कसैकाे विरोध कसैकाे समर्थन

274
  •  
  •  
  •  

काठमाडौं, १३ चैत (अाेएनएस): निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएको युरोपियन युनियन (र्इयू)को निर्वाचन पर्यवेक्ष मिसनले जारी गरेको प्रतिवेदनको विषयमा मंगलबार बसेकाे राष्ट्रियभा बैठकमा कुनै दलले चर्काे विराेध गरेका छन् भने कुनै दलले समर्थन गरेका छन्।

राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदन आपत्तिजनक रहेको भन्दै निन्दा गरेका थिए। उनले विभिन्न देशका राजदुतहरूलाई कूटनीतिक मर्यादा विपरितका गतिविधि गर्न नदिन सचेत गराउन सरकारसँग माग गरेका थिए। सांसद पाण्डेले यूरोपियन युनियनले नेपालको संविधानमाथि हस्तक्षेप गरेर मुलुकमा जातीय द्धन्द्ध ल्याउन चलखेल गरिरहेको गम्भीर आरोप लगाए।

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाउँदै नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्ने चेष्टा नगर्न चेतावनी दिए। उनले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको उल्लेख गर्दै त्यसमाथि आँच आउने गतिविधि गरे सैह्य नहुने बताए।
त्यस्तै वैठकमा मधेसावादी दलहरुले प्रतिवेदनकाे बचाउ गर्दै समर्थन गरेका छन्। मधेशवादी दल

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद वृशेषचन्द्र लालले यूरोपियन युनियनले जारी गरेकाे प्रतिवेदनकाे बचाउ गर्दै उनले भने,’लोकतन्त्रमाथि प्रश्न उठाउने अधिकार अन्तर्राष्ट्रिय समुदायको रहेको उल्लेख गर्दै त्यसलाई हस्तक्षेप भन्न नमिल्ने हाे’। युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनले नेपालको संविधानलाई समावेशी बनाउन दिएको सुझाव जायज रहेको सांसद लालको दावी थियो।


  •  
  •  
  •