इयुसँगको सम्झौता प्रस्ताव पारित गर्न प्रधानमन्त्री मेलेको आग्रह

548
  •  
  •  
  •  

एजेन्सी । बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली संघबाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ रोके सो कदम लोकतन्त्रका लागि विनाशकारी हुने बताएकी छिन् ।

सांसदहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौतामा सहमति नजुटे त्यसले लोकतन्त्रलाई नै अफ्ठ्यारोमा पार्नसक्ने चेतावनी दिइन् ।

प्रधानमन्त्री मेले इयुसँगको सम्झौता प्रस्ताव पारित गर्न आग्रह समेत गरेकी छिन् । ब्रेक्जिटबारे ईयुसँग प्रधानमन्त्री मेले गरेको सम्झौतालाई लिएर मंगलबार बेलायतको संसदमा निर्वाचन हुने अनुमान छ । बेलायतले मार्च २९ बाट युरोपेली संघको सदस्यता छोड्दै छ ।

प्रधानमन्त्री मेले इयुबाट बेलायत बाहिरिएपछि लन्डन र ब्रसेल्सबीच कस्तो सम्बन्ध हुने भनेर सम्झौता गरेकी छिन् ।

तर पछिल्लो समय बेलायतको राजनीति ब्रेक्जिट र युरोपेली संघमै बस्नुपर्ने धारणामा विभाजित छ । सो कारण युरोपेली संघका नेताहरुसँग गरेको सम्झौता संसदवाट पारित हुने सम्भावना कम रहेको छ ।

बेलायतको प्रमुख प्रतिपक्षि दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पनि कुनै पनि सम्झौताबिनै युरोपेली संघ छोड्नु विनाशकारी कदम हुने चेतावनी दिएका छन् ।


  •  
  •  
  •