मुगुमा स्थानीय कृषि बाली प्रदर्शन

245
  •  
  •  
  •  

मुगु : कर्णालीमा पाईने विभिन्न स्थानीय कृषि बाली प्रवद्र्धनका लागि मुगु सदरमुकाम गमगढीमा स्थानीय कृषि उत्पादन तथा खाद्यन्न परिकार प्रदर्शनी भएको छ ।

स्थानीय बाली तथा विद्यालय पोषण मेला २०७६ को आयोजना गरी विद्यालयमा उत्पादन भएका स्थानीय कृषि बाली प्रदर्शनी गरीएको हो ।

नारी उत्थान तथा सचेतना केन्द्र मुगु, छायाँनाथ कोसेली घर र नगरपालिकाभित्र रहेका ३ वटा विद्यालय पुशपति आधारभूत विद्यालय ईमा, नेपाल राष्ट्रिय मिन आधारभूत भारेकोट तथा नेपाल राष्ट्रिय आधारभुत विद्यालय चैनको आयोजना तथा छायाँनाथ रारा नगरपालिका र एन,एम ए हेल्भटासको सहयोगमा विद्यालय पोषण कार्यक्रम अन्तरगत पोषण मेला आयोजना गरिएको हो ।

मेलामा आ–आफ्नो विद्यालयमा उत्पादन भएका कृषि साम्रगी लिएर भेला भएका शिक्षक, विद्यार्थी उत्पादनको प्रदर्शनी गर्न पाउँदा खुशी व्यक्त गरेका थिए ।

स्थानीय कृषिबाली प्रवद्र्धन तथा प्रचार प्रसारका लागी कृषि उत्पादन तथा खाद्यन्न परिकार प्रदर्शनी मेलाको आयोजना गरिएको नारी उत्थान सचेतना केन्द्र मुगुका अध्यक्ष तथा कोशेली घरकी सञ्चालक चेतना शाहीले बताइन् । स्थानीय बालीको संरक्षण प्रबर्धन तथा बचाई राख्न मेलाको महत्वपुर्ण भुमिका रहकोे नागरिक सञ्जालका अध्यक्ष चित्र बहादुर मल्लले बताए ।

उनका अनुसार मुलुकका ठुला शहरमा स्थानिय बालीको माग बढ्दै गईरहेको बेला मेलाले झन् उत्पादनको प्रचारप्रसार भएको अध्यक्ष मल्लको भनाई छ । मेलाको अबलोकन ३५० भन्दा बढीले गरेका छन भने मेलामा अवलोकनामा सहभागी भएकाहरुलाई नेपाल राष्ट्रिय मिन आधारभुत विद्यालय भारेकोटका प्रधानध्यापक राम प्रसाद सेजुवाल मुगु जिल्लाका विभिन्न क्षेत्रमा उत्पादन हुने स्थानीय कृषि बाली चिनो, कागुनो, फापर, मार्से, सिमी लगायत बारेमा सिकाइ रहेका भेटिन्थे ।

मेलामा आफ्नो उत्पादन तथा कतिपयले त्यसबाट बनेको परिकार प्रदर्शनी गर्दै बनाउने तरिका पनि सिकाईरहेका थिए । छायाँनाथ रारा नगरपालिकाको १४ वडाका बिद्यालयमा विद्यालय पोषण बगैँचा कार्यक्रम लागू भएको छ । तर मेलामा अन्य विद्यालयले भने आफ्नो उत्पादन ल्याएनन् ।


  •  
  •  
  •