भूकम्पपीडितका नाममा आएका कपडा सरकारी गोदाममा थन्किए

194
  •  
  •  
  •  

काठमाडौं ११ पुस ।

भूकम्पपीडित न्यानो कपडाको अभावमा ज्यान गुमाइरहेका छन् । तर, तिनै पीडितलाई दिन बंगलादेशसहित अरू दाताबाट उपलब्ध भएको पाँच ट्रक कम्बल झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको गोदाममा ताला लगाएर राखिएको छ ।
नौ महिनादेखि कम्बल–त्रिपाल थन्कियो

  • मेची भन्सार परिसरमा रहेको इन्टरमोडल यातायात विकास समितिको गोदाममा नौ महिनादेखि कम्बल, त्रिपाललगायतका सहायता सामग्री राखिएका हुन् । सो गोदाममा केही भाँडाकुँडासहित उपभोग्य सामग्री पनि छन् । दाताबाट प्राप्त ती सामग्री जिल्ला दैवीप्रकोप उद्धार समितिले बुझेको थियो ।
  • माथिल्लो निकायको आदेश नआएका कारण ती सामग्री भन्सारको गोदाममा थन्क्याएर राख्नुपरेको झापाका प्रजिअ तेजप्रसाद पौडेलले बताए ।

 ६० हजार क्विन्टल चामल पनि गोदाममै

  • कम्बलबाहेक बंगलादेशले उपलब्ध गराएको खाद्यान्न अझै गोदाममा छ । पूर्वीनाका काँकडभिट्टा हुँदै नेपाल भित्रिएको एक लाख क्विन्टलमध्ये ६० हजार क्विन्टल चामल नेपाल खाद्य संस्थानको बिर्तामोडस्थित अञ्चल कार्यालयको गोदाममा थन्किएको हो ।
  • संस्थानका अञ्चल प्रमुख मार्कन्डेय जैसवालले तेस्रो देशबाट आयातीत चामल सार्वजनिक खरिद ऐनअन्तर्गत ढुवानी गर्नुपर्ने सरकारी प्रावधानका कारण चामल ढुवानीमा ढिलाइ भएको बताए । नयाँपत्रिकाबाट


  •  
  •  
  •