१० वर्षीय छोरीका लागी बाबुले छाडे ६ सय ११ करोडको जागिर

124
  •  
  •  
  •  

mohamed el-erianकाठमाडौ, ११ असोज(एजेन्सी) : बित्तिय क्षेत्रका विषेशज्ञ अल-एरियनले इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनी पिमकोको सिईओ पदबाट राजीनामा दिएका थिए । उनले निकै लामो समयपछि आफूले राजीनामा दिनुको कारण बताएका छन् । उनले आफूले आफ्नो १० वर्षीय छोरीका लागि जागिर छाडेको खुलासा गरेका छन् ।

उनले राजीनामा दिनुको कारणबारे थप जानकारी दिँदै आफूले एकदिन छोरीलाई ब्रस गर्नका लागि गाली गरेको बताए । छोरीलाई गाली गरेको केही समयपछि आफूलाई छोरीले २२ वटा आफ्ना पलका सूची आफूलाई थमाएको जसमा आफू सहभागी हुन पाएका थिएनन् । उनकी छोरीले आफ्नो विद्यालय या बाहिर कतै भएका कार्यक्रमहरूमा साथ नदिएका पलहरूको सूची बनाएर उनलाई बुझाएकी थिइन् । जसमा स्कुल पहिलो दिन, फुटबल प्रतियोगिता लगायतका अन्य कार्यक्रमहरू थिए ।

आफूले सधै छोरीलाई यस्ता कार्यक्रममा आफ्नो कामका कारण आउन नसकेको बताउँथे । यसले उनकी छोरी पनि दुःखी हुन्थिन् र छोरीको खुसी कै लागि उनले कम्पनीको सिईओ पदबाट राजीनामा दिएका थिए । उनले १ सय २२ लाख करोड रूपैयाँ व्यवस्थापन गर्दै आएको कम्पनी पिमकोको सिईओ पदबाट राजिनामा दिएका थिए, जहाँ उनको तलब वार्षीक ६ सय ११ करोड थियो ।


  •  
  •  
  •