सुदूरपश्चिममा ५ दशमवल ३ रेक्टर स्केलको भूकम्प

156
  •  
  •  
  •  

धनगढी १९ चैत (ओएनएस) : बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा गएराती भुकम्पको धक्का महसुस गरिएको छ । बैतडी, बझाङ, दार्चुला लगायतका जिल्लामा भूकम्पको धक्का महसूस गरिएको हो । बझाङबाट एकसय ५० किलोमिटर उत्तर पश्चिम भारतको सोब्लालाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

गएराती ३ बजेर ९ मिनेटमा ५ दशमल ३ रेक्टर स्केलको भुकम्प गएको रकेर्ड भएको भुकम्पविद् ठाकुरप्रसाद कँडेलले जानकारी दिए । भूकम्पबाट भएको क्षतिबारे केही खबर प्राप्त नभएको प्रहरीले जनाएको छ । तर, अमेरिकी भुकम्प मापन संस्था युएसजिएसका अनुसार भारतको पिपलकोटबाट ११ किलोमिटर टाढा उक्त भूकम्प गएको र उक्त भूकम्प ४ दशमलब ९ रेक्टर स्केलको भएको जनाएको छ ।

दार्चुलामा पनि भुकम्पको धक्का महसुस गरिएको छ । आज विहान ३ बजेर ९ मिनेटमा धक्का महसुस गरिएको हो । जिल्लाका उत्तरी भेगमा रहेका व्यास, राप्ला, सुन्सेरा, धौलाकोटलगायतका गाविसहरुका धक्का बढी महसुस गरिए पनि कुनै क्षती विवरण नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलालगायतको यो क्षेत्र भुकम्पको उच्च जोखिममा रहेको छ ।


  •  
  •  
  •