इपीएसको लाइनमा बसेकामाथि लाठी चार्ज गरिएकोमा आपत्ति

265
  •  
  •  
  •  

काठमाडौं, २९ साउन (ओएनएस) : रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरिया जानका लागि भाषा परीक्षाका लागि आबेदन भर्न लाइनमा बसेका युवामाथि प्रहरीले लाठि प्रहार गरेको भन्दै संसदमा बिरोध भएको छ ।

व्यबस्थापिका संसदकोे बिहीबार बसेको बैठकमा सभामुखगँग समय लिएर मधेशी जन अधिकार फोरमकी सभासद् छायाँ पन्त शर्माले आबेदन फाराम भर्ने क्रममा भएको प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएकी हुन् ।

‘स्वदेशमै रोजगारीको सिर्जना र श्रमको सम्मान गर्न नसक्दा युवाहरु विदेश पलायनको अबस्था आएको छ’, उनले भनिन्, ‘कुनै बेला नेपाल सरह रहेको कोरियामा युवा जानुपर्ने अबस्था सिर्जना हुनु देशकै लज्जा हो ।’


  •  
  •  
  •