इपीएस परिक्षाको नतिजा सार्वजनिक

126
  •  
  •  
  •  

काठमाडौं २९ असोज (ओएनएस) : कोरिया सरकारले ईपीएस अन्तर्गत पाँचौं कोरियन भाषा परिक्षाका परिक्षाफल प्रकाशित गरेको छ । परिक्षाफल अनुसार ३६ सय ६३ जना पास भएका भएका छन ्। औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्रमा ८ सय ९५ जना उतिर्ण भएका छन् ।

औद्योगीक उत्पादन क्षेत्रको उमेरद्वार ९ प्रतिशत त्यस्तै कृषिमा ३.२ पास भएका हुन् । परिक्षामा पास हुनेमा ३४ सय ६३ पुरुष रहेका छन् भने २ सय महिला रहेका छन् । एचआरडी कोरियाले गत असोज १० र ११ गते परीक्षा सञ्चालन गरेको थियो । साउन २८ गतेदेखी ३१ गतेसम्म आवेदन खुल्ला गरिएको थियो ।

६२ हजार ५ सय १४ युवाले आवेदन दिएको भए पनि ५२ हजार ४ सय ८५ पुररुष सहित ६ हजार २ सय ८५ महिलाले परीक्षा दिएका थिए ।

उत्तिर्णहरुको मंसिरको पहिलो हप्ता स्वास्थ्य परिक्षण, रोजगार आवेदन फाराम र सिप परिक्षण हुने इपिएस शाखाले जानकारी दिएको छ ।

उत्तिर्णहरुले आफ्नो नतिजा प्राप्त गरेको नम्बरसहित इपिएसशाखाको वेवसाइटमा हेर्ने सक्नेछन् ।


  •  
  •  
  •