भोलिबाट कोरियन भाषा परीक्षाको आवेदन खुल्दै, कति छ अावेदन शुल्क

328
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत  कोरियामा रोजगारीका लागि जान चाहने हरुकाे लागि भोलि बिहीबारबाट परीक्षाको आवेदन खुल्ने भएको छ ।
वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको छ । इच्छुकहरुले भोलिदेखि १७ गते सम्म आवेदन भर्न सक्नेछन् ।

र्इपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ । आवेदन गर्दा लाइन बस्ने झन्झट गतवर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको २०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुलक ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउनुपर्नेछ । यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ ।

त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।


  •  
  •  
  •