इपीएलकाे बिजेताले ५० लाख रूपैयाँ पाउने

88
  •  
  •  
  •  

काठमाडौं । एभरेष्ट प्रिमियर लिगको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि भएको छ । असोजमा हुने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउने भएका छन ।

सन् २०१७ मा प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ पाउने गरेका थिए । त्यसलाई आयोजकले बढाएर २५ लाख रुपैयाँ पुर्याइएको थियो । तर यसपटक पुरस्कार राशीमा दोब्बर वृद्धि गरिएको छ ।

आयोजकले विज्ञप्ति जारी गर्दै यो पटकको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ पाउने जानकारी दिएको छ । ६ टिमको सहभागिता रहने प्रतियोगिता असोज नौ देखि २३ गतेसम्म हुनेछ ।


  •  
  •  
  •