इओसीले सार्वजनिक गर्याे निर्वाचन प्रतिवेदन, र्इयूकाे प्रतिवेदन पर्यवेक्षणको धर्म विपरित

304
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : निर्वाचन पर्यवेक्षण समिति(इओसी) नेपालले स्थानीयतह, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ को पर्यवेक्षण प्रतिवेदन आज सार्वजनिक गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख अतिथि प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले पर्यवेक्षणका लागि नेपाली संघसंस्था नै संस्थागत भैसकेको बताए । उनले नेपाली संस्थाहरुले गर्ने पर्यवेक्षण नेपाली परिवेशका आधारमा हुनेहुँदा उनीहका सल्लाह सुझावहरु महत्वपूर्ण हुने बताए।

ज्यादै चुनौतीपूर्ण अवस्थामा शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सक्नु नै निर्वाचन आयोगको महत्वपूर्ण उपलब्धि भएको निर्वाचन आयोगका आयुक्त सुधिरकुमार शाहले इओसीले उठाएका सवालहरुमा स्पष्ट पार्दै बताए ।

निर्वाचनको मिति तोक्दा पनि निर्वाचन कानुन ल्याउन ढिला गर्दा आयोगले निर्वाचनका कामहरु समय दिएर गर्न नसकेको शाहले जिकिर गरे । मतदाता शिक्षा अपेक्षित नभएको स्वीकार्दै उनले यसका लागि राजनीतिक दलहरुले पनि आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने जाेड दिए।

निर्वाचन आचारसंहिता नैतिकताको पनि प्रश्न भएको बताउँदै सरकारले नै आचारसंहिता मान्दैन भने निर्वाचन आयोगले के गर्ने ? भन्ने प्रश्न महत्वपूर्ण सवाल रहेको छ, शाहले भने । हिमालि क्षेत्रहरुमा मतपत्र लिएर जाँदा र ल्याउँदा हेलिकप्टरको प्रयोग गर्नुपर्दा पनि निर्वाचन महँगो हुन गएको स्पष्ट पार्दै आगामी दिनमा निर्वाचन खर्च कम गर्ने उपायको खोजि गरिनु पर्ने शाहले बताए। सबै कामका लागि सरकारकै मुख ताक्नु पर्ने कानुनी बाध्यताका कारण निर्वाचन आयोगले थुप्रै आरोपहरु सहनु परेको धारणा समेत उनले राखे । बोल्ने क्रममै उनले इयुले हालै सार्वजनिक गरेको पर्यवेक्षण प्रतिवेदन पर्यवेक्षणको धर्म विपरित रहेको शाहले बताए।

पूर्व निर्वाचन आयुक्त प्रा.डा. विरेन्द्र मिश्रले मतदाता शिक्षा कमजोर भयो भन्ने टिप्पणीका सन्दर्भमा उनले समस्या मतदाता शिक्षामा नभै मतपत्रमा रहेको जिकिर गरे । उनले जति बुथ संख्या बढी भयो उत्ति निर्वाचन सम्पन्न गर्न सहज हुने आफ्नो अनुभवसहितको धारणा राखे ।
काठमाडौ स्कुल अफ ल की प्रोफेसर गीता पाठक संग्रौलाले मतदाता शिक्षाका बारेमा आफ्नो धारणा राख्दै राज्यका निकाय पुग्न नसकेका ठाउँमा सचेत सबै नागरिकले आफ्नो जिम्मेवारीको रुपमा लिनुपर्ने बतार्इन । ‘म उ भएको ठाउँमा भए के हुन्थ्यो’ भनेर सबैले सोचियो भने हरेक समस्याको समाधान भेटिने संग्राैलाले बताइन्।


  •  
  •  
  •