उच्च प्रशासकको मनोरञ्जन शैली

219
  •  
  •  
  •  

सम्झना गैरे, १९ भदौ (ओएनएस) :    ‘तपाई मनोरञ्जनका लागि कत्तिको नेपाली सिनेमा हेर्नुहुन्छ ?’, ‘मनोरञ्जन लिन म सिनेमा भन्दा बढी आफ्नो काममा व्यस्त हुन रुचाउछु ।’ पूर्व सचिव कृण्णहरी बास्कोटाले 1baskotaपहिलो प्रश्नमै मनोरञ्जनलाई निकै फरक ढङ्गले व्याख्या गर्न भ्याए । ‘राष्ट्रकवी माधवप्रसाद घिमिरेले जति राम्रो कविता लेख्न सक्नुहुन्छ त्यत्तिकै उँहालाई आनन्द मिल्छ । आनन्दको पुर्णरुप नै मनोरञ्जन हो ।’ उनले कर्ममा मनोरञ्जन गर्न सक्नेको जीवन खुसीमा बित्ने दाबी गरे ।

‘राजेश हमाललाई जति उम्दा फिल्म बन्यो त्यतिनै मनोरञ्जन मिल्छ’, भन्दै उनले आफूलाई नयाँ—नयाँ बिषयमा लेख्न पाउदा आनन्द मिल्ने बताए । ‘समय मिलाएर जती लेख्न बस्छु त्यतिनै आनन्द मिल्दै जान्छ ।’ बास्कोटाको सिनेमासँग टाढाको सम्बन्ध छ । तर, केही नाम चलेका फिल्म भने उनले हेरेकाछन् । विश्वको राजनीति, धर्म, परिवेश बुझाउने फिल्म उनी समय जुराएर हेर्छन । मानिसमा प्रेम कसरी मौलाउछ । प्रेममा मानिस कसरी आफूलाई समेत त्याग गर्न सक्छ भन्ने प्रश्नको उत्तर खोज्न उनले धेरै अगाडीे अंग्रेजी फिल्म ‘टाइटानिक’ हेरेका थिए । ‘मलाई त्यो फिल्मको कथा र अभिनयले आजपनि छुन्छ’, भन्दै उनले ३० बर्ष अगाडि ‘माइतघर’ हेरेपछि फेरि नेपाली फिल्म हेर्ने साइत नजुरेको सुनाए ।

उनी नेपाली फिल्म र कलाकारसँग कमै मात्र परिचित छन् । तर पनि राजेश हमाल र करिश्मा मानन्धरलाई भने उनी राम्रोसँग चिन्छन् । ‘राजेशजीको डाइलग र करिश्माको सुन्दरताको तारिफ नर्गर्ने सायदै कमै होलान्’, उनले सुनाए । साथमा स्वर्गीय अभिनेत श्रीकृण्ण श्रेष्ठकाबारेमा समेत आफूलाई जानकारी भएको सुनाए ।
फिल्ममा तीन घण्टा बिताउनु भन्दा उनलाई घरको किचनमा मिठा–मिठा परिकार बनाउन मन लाग्छ । समय मिल्दा शारीरिक तन्दुरुस्तीकालागि बगैंचामा फूल र माटोसँग रमाउने गर्छन । कहिले त उनलाई घर अगाडिको बाटो सफा गर्ने जागर चल्छ । तर छिमेकीले प्याच्च भन्छन,‘ओ हो सचिव ज्यूले त बाटो सफा गर्न थाल्नु भएछ’, उनी उत्तर दिन्छन्,‘टाढाको बागमती त सफा गरियो घरअगाडिको बाटो कसले सफा गर्छ त ।’

विद्यार्थी जीवनमा नेपाली चलचित्र हेरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवम् प्रवक्ता क्षेत्रबहादुर भण्डारीले पछिल्लो समय नेपाली सिनेमा हेरेको3bhandari सम्झना छैन । गृह प्रशासनमा जागिरे हुदा तराईमा हिन्दी फिल्म सेन्सर गर्ने जिम्मेवारी उनलाई आइलागेको थियो । त्यतिबेला उनले थुप्रै हिन्दी फिल्म हेरे, तर हेर्नकै लागि मात्र हेरे । कलेज जीवनमा हिन्दी फिल्म ‘बबी’ हेरेको भने उनलाई सम्झना छ । तर नेपाली फिल्म हेरेको सम्झना उनीसंग छैन । काममा व्यस्त रहँदा उनले आफुलाई मनोरञ्जनबाट टाढै राखेको प्रसंग उक्काए । ‘म कुनै कलाकार र सिनेमाको फ्यान हुन सकिन ।’ तर संचारमाध्यम मार्फत उनले केही नेपाली कलाकार भने चिनेका छन् । ‘झुलुक्क मिडियामा देख्ने बित्तिकै राजेश हमाल र करिश्मा मानन्धरलाई चिनिहाल्छु । बाँकीलाई चिन्न समय लाग्छ । भन्दै उनी डराए,‘यसलाई चिन्छु भन्दा एकपक्षीय भइन्छ की भन्ने डरलाग्छ त्यसैले बोल्न गाह्रो ।’

नेपाली फिल्मले नछोए पनि सहसचिव भण्डारीलाई नेपाली साहित्यले भने तान्छ । उनी सकभर बजारमा आएका समसामयिक पुस्तक पढ्न छुटाउदैनन् । रुकमाङ्गद कटवालको आत्मकथा पढेर सके । आजभोली ‘क्यापिटल’ भन्ने पुस्तकमा फुर्सद हुने बित्तिकै भुलिहाल्न थालेकाछन् ।

2mallaप्रधानमन्त्री तथा मन्त्री परिषद कार्यलयका सचिव राजुमान सिंहमल्ल लाई नेपाली सिनेमा हेरेको सम्झना भने खासै छैन । ‘विद्यार्थी जीवनमा एक दुइटा फिल्म हेरियो कि , नत्र त सरकारी जागिरे भए पछि फिल्म हेर्ने साइत नै जुरेन’ भन्दै उनले अहिले बजारमा चर्चामा रहेको ‘कोहिनूर’ हेर्न भने असाध्यै मन लागेको सुनाए । ‘परिवार सहित पहिलोपटक नेपाली फिल्म हेर्ने साइत जुराउँदै छु भन्दै उनले सोधे,‘यो महिनासम्म त हलमा लाग्लानी कोहिनूर ?’

नेपाली सिनेमा नहेरेपनि उनलाई अभिनेत्री करिश्मा मानन्धरको सौन्दर्यको भने प्रसंसा गर्न मन लाग्छ । ‘उँहा १६ बर्षमा पनि त्यत्तिकै राम्री हुनुहुन्थ्यो । आज चालिस कट्दा पनि उत्तिकै राम्री ।’ सिंहले राजेश हमालको कपाल हल्लाउने र डाइलग भन्ने शैलीले पनि आफूलाई आर्कर्षित गर्ने बताए ।

उता शान्ति तथा पुनः निर्माण मन्त्रालयका उप—सचिव प्रेम संजेल भने आफूलाई नेपाली सिनेमाको भक्त भन्न रुचाउछन् । पछिल्लो पटक उनले ‘कोहिनूर’ दुई पटक4sanjel हेरिसकेकाछन् । रेखा थापाको अभिनय मनपर्ने उनले ‘अन्दाज’ पनि हेरे । आजसम्म उनलाई फिल्मको ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला’ बोलको गीत कन्ठस्थ छ ।

उनको नेपाली सिनेमासँगको सम्बन्ध ‘सम्झना’ सँगै सुरु भयो । ‘त्यसपछि मैले लगातार फिल्म हेर्ने गरेको छु ।’ ३५ बर्ष अगाडि ९८ पैसामा उनले जनसेवा सिनेमा हल जमलमा चटाईमा बसेर ‘सेवक’ भन्ने हिन्दी सिनेमा हेरेको उनलाई हिजो जस्तै लाग्छ । हिन्दी नबुभ्mने उनले फिल्ममा रेल आएको र गएको दृश्य बाहेक केही बुझेनन् । अधिकांश नेपाली सिनेमा हेर्ने उनलाई करिश्माको सौन्दर्यले भने तानेको छ । ‘उँहाको सौन्दर्यको म कायल छु । जति उमेर बढेपनिउस्तै राम्री । भन्दै उनले राजेश हमाललाई पनि कम्ती आक्न नहुने प्रष्ट पारे । त्यस्तै अभिनेत्रीका रुपमा उनलाई केकी अधिकारी मन पर्छ । ‘केकीको अभिनय उत्कृष्ट छ । मेहनत गरिन् भने नेपाली सिनेमामा अर्की करिश्मा बन्न सक्छिन् उनी,’ संजेलले केकीको भविश्य समेत औल्याए ।

नेपाली सिनेमाले देश विदेशमा बजार बिस्तार गर्र्ने क्रममा छ । जीवनमा एक पटक नेपाली सिनेमा नहेर्ने कमै होलान । तर देशको प्रशासनिक क्षेत्रमा काम गर्ने सचिव देखि उपसचिवले फिल्म कम हेर्ने गरेको सुन्दा लाग्छ, अब मनोरञ्जनको परिभाषा बदल्ने तरखरमा छन् उनीहरु । नेपाली फिल्म नहेर्ने सरकारी कर्मचारीले करिश्माको सौन्दर्यको चर्चा खुलेरै गर्दा लाग्छ, करिश्मा जस्तै नेपाली फिल्मपनि राम्रो बन्दिए, नेपाली प्रशासनपनि नेपाली फिल्मको प्रसंशक बन्ने थियो कि ?


  •  
  •  
  •