इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्ला विजयी

79
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्ला विजयी भएको छ । शनिबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडमाथि २–० गोल अन्तरको जित दर्ता गरेको हो । भिल्लाका लागि ओले वाट्किन र बेट्रान्ड टोरइले गोल गरेका थिए ।
घरेलु मैदानमा वाट्किनले १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । ४२ औं मिनेटमा टोरेइले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । सोही अग्रता अन्तिमसम्म जोगाउँदै भिल्लाले स्पष्ट तीन अंक लिन सफल भयो । नतिजासँगै १७ खेलबाट २९ अंकका साथ भिल्ला आठौं स्थानमा छ भने पराजित भएको न्यूक्यासल १९ अंकका साथ सोह्रौं स्थानमा छ ।


  •  
  •  
  •