लिभरपुलले शीर्ष स्थानको टोटनहेमसँग अंक बराबरी बनायो

100
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले शीर्ष स्थानको टोटनहेमसँग अंक बराबरी बनाएको छ । आइतबार राति भएको खेलमा लेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको लिभरपुलले टोटेनहमसँग अंक बराबरी बनाएको हो । टोटेनहम र लिभरपुलको समान २० अंक भएपनि तालिकामा गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

घरेलु मैदानमो लिभरपुललाई जिताउन डिएगो जोटा र रोवर्टो फिरमिनोले एक एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो । लिभरपुलले उपहार गोल मार्फत अग्रता बनायो । लेस्टरका जोनाथन इभनले २१ औं मिनेटमा आत्मघाति गोल गरेपछि लिभरपुलले अग्रता लिन सफल भयो । ४१ औं मिनेटमा जोटाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोल गरेको लिभरपुलको तेस्रो गोल भने दोस्रो हाफमा सम्भव भएको हो । फिरमिनोले ८६ औं मिनेटमा गोल गर्दै लिभरपुलको ३–० को जित पक्का गरे । पराजित भएको लेस्टर १८ अंकका साथ चौथो स्थानमा रहेको छ ।

 


  •  
  •  
  •