साउथह्याम्टन र वुल्भ्सबीचको खेल बराबरी

100
  •  
  •  
  •  

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टन र वुल्भ्सबीचको खेल बराबरी भएको छ ।


सोमबारराति भएको खेलमा साउथह्याम्टनका जेम्स् वाल्कटले ५८ औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको ७५ औँ मिनेटमा वुल्भस्का नोरबर्टो मुररा नेटोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ । वुल्भ्स् भने १४ अंकसहित नवौँ स्थानमा छ ।

यस्तै, सोमबारराति भएकै अर्को खेलमा बर्नलीसँग क्रिस्टल प्यालेस पराजित भएको छ । बर्नलीले क्रिस्टललाई एक शून्य गोल अन्तरले हराएको हो ।


  •  
  •  
  •