इंग्लिस प्रिमियर लिगः टोटनहमले वेष्ट ह्यामलाई दुई शून्यले हरायाे

498
  •  
  •  
  •  

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनहमले वेष्ट ह्यामलाई दुई शून्यले हराएको छ ।


खेलको ६४ औं मिनेटमा वेष्ट ह्यामका सेल्सोले प्रहार गरेको कर्नर बल टोमस सौचेकको खुट्टामा लाग्दै गोल भएपछि घरेलु टिम टोटनहमले अग्रता बनाएको थियो ।

त्यसपछि ८२ औं मिनेटमा टोटनहमका लागि ह्यारी केनले गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यो जितपछि टोटनहमको ३१ खेलमा ४५ अंक छ । वेष्टह्यामको २७ अंक रहेको छ ।

त्यस्तै मंगलबारराति भएको खेलमा लेष्टर सिटी र ब्राइटन बराबरी खेलेका छन् । बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ । ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ ।


  •  
  •  
  •