इङ्ग्लिस प्रिमियर लिगः लिड्स युनाइटेड विजयी

80
  •  
  •  
  •  

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत क्रिस्टल प्यालेससँगको खेलमा लिड्स युनाइटेड विजयी भएको छ । क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै लिड्स युनाइटेड विजयी भएको हो । जितसँगै लिड्सले एक स्थान सुधार गरेको छ ।

यसअघि ११ औँ स्थानमा रहेको लिड्स युनाइटेड ३२ अंकसहित १० औँ स्थानमा पुगेको हो ।जारी लिगमा म्यानचेस्टर सिटी ५० अंकसहित पहिलो र म्यानचेस्टर युनाइटेड ४५ अंकसहित दोस्रो स्थानमा रहेका छन् ।


  •  
  •  
  •