एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलह्यामले लेस्टर सिटीलाई हराएको छ । लेस्टर घरेलु मैदानमै फुलह्यामसँग २–१ ले पराजित भएको हो । फुलह्यामको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले १–१ गोल गरे ।
लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । फुलह्याम ७ अंकका साथ १७ औं स्थानमा उक्लिएको छ ।