इङ्ग्लिस प्रिमियर लिग सुरू, म्यानचेष्टर युनाईटेडलाई सुरूवाती झड्का

339
  •  
  •  
  •  

english-premier-leaugeकाठमाडौ, १ भदौ (एजेन्सी) : इङ्ल्याण्डको बहु प्रतिष्ठित प्रतियोगीता इग्लीस प्रिमिएर लिग गयरातिबाट इङ्ल्याण्डमा सुरू भएको छ । प्रत्येक बर्ष हुने उक्त लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ र सबैको उदेश्य उपाधि जित्ने हुन्छ ।

हिजो सुरू भएको लिगमा स्वान्सी सिटी, आर्सनल र हल सिटीले विजयी सुरूवात गरे भने एस्टन भिल्ला र टोटेनह्यामले पनि आफ्ना खेल जित्दै आफुलाई बलियो दाबेदारको रूपमा उभ्याएका छन् । यता, सन्डनल्याण्ड र वेस्ट ब्रुम तथा एभर्टन र लेस्चर सिटीले बराबरी खेल्दै अँक बाड्न बाध्य भए ।

गत सिजनमा अत्यन्त खराब प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडले यो सिजन पनि हारबाटै सुरू गरेको छ । उसलाई गएराती स्वान्सी सिटीले नमिठो हार चखायो । दक्षिण कोरियाली खेलाडी सुङ याङ कीले २०१४-२०१५ को सिजनकै पहिलो गोल गर्दै म्यानयु विरूद्ध दबाव सिर्जना गरेका थिए । २८ औ मिनेटको उक्त गोलले म्यानयु पहिलो हाफमा नै पछि पर्यो । तर, दोस्रो हाफको ८ औ मिनेटमै म्यानयुका भरपर्दा स्ट्राइकर वायन रूनीले गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काउने कोसिस गरे पनि जित भने निकाल्न सकेनन् । ७२ औ मिनेटमा दोस्रो गोल गर्दै स्वान्सीले यो सिजनकै पहिलो जित दर्ता गर्दा म्यानयुले भने नमिठो हार चाख्न बाध्य भयो ।

सर एलेक्स फ्रेगसनले छोडेपछी पोहोर साल नयाँ प्रशिक्षकका रुपमा म्यानयु भित्रिएका डेभिड मोएसले निकै आलोचना मात्र खेपेनन्, उनी टिमबाटै बर्खास्त हुन पुगेका थिए । फेरी यो बर्ष अर्का नयाँ डच प्रशिक्षक लुइस भान गलले पनि म्यानयुलाई हारबाटै सुरू गराए ।

त्यस्तै, अर्को रोमाञ्चक खेलमा आर्सनलका आरोन राम्सेले खेलको ९० औ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई २-१ गोलअन्तरको विजयी सुरूवात दिलाएका हुन् । यसअघि खेल १-१को बराबरीमा थियो । हलसिटीले क्युपिआरलाई, एस्टन भिल्लाले स्टोक सिटीलाई र टोटेनह्यामले वेष्ट ह्याम युनाइटेडलाई समान १-० गोलअन्तरले पराजित गर्दै विजयी सुरूवात गरेका छन् ।

यो सिजनमा भित्रिएको लेस्चर सिटीले एभर्टनसँग बराबरी खेल्दै सबैलाई चकित पारेको छ । यस्तै, सण्डरल्याण्ड र वेष्ट ब्रुमबीचको खेल पनि बराबरीमा टुङ्गिएको थियो । दुवै खेलमा समान २-२ गोल भएको थियो ।

आजको खेलमा उपाधीका दावेदार टोली चेल्सी, लिभरपुल र म्यानचेष्टर सिटी क्रमशः बर्न्ली, साउथ ह्याम्टन र न्यु-क्यासलसँग भिड्दै छ ।


  •  
  •  
  •