मानेको विजयी गोलले लिभरपुल दोस्रो स्थानमा

132
  •  
  •  
  •  

footballकाठमाडौं, ५ पुस (एजेन्सी) :लिभरपुल म्यान्चस्टर सिटिलाई पछि पार्दै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा इन्जुरी समयमा साडियो मानेले इभर्टर्नविरुद्ध १ गोल गरेपछि लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
लिभरपुलको जितमा मानेले ८ मिनेटको इन्जुरी सयमको चौथो मिनेटमा गोल गरेका हुन् ।

एभर्टनका गोलरक्षक मार्टिन स्टेक्लेनबर्ग चोटका कारण मैदान बाहिर गएका थिए । एर्भटनले छिमेकी क्लब लिभरपुलसँगका पछिल्ला २० खेलमा १ खेलमा मात्रै जित निकालेको छ ।

मानेले विजयी गोल गरेपछि त्यसको सेलिब्रेसन गरेका लिभपरपुलका खेलाडीलाई लक्षित गरी आगो सल्काइएको पटाका मैदानमा फालिएको थियो ।

जितपछि दोस्रो स्थानमा उक्लिएको लिभरपुलको १७ खेलबाट ३७ अंक पुगेको छ । भने शीर्ष स्थानमा रहेको ४३ तथा ३६ अंक रहेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ । २३ अंकसहित एभर्टन नवौं स्थानमा छ ।


  •  
  •  
  •