म्यानचेस्टर सिटीको उपाधि होड सकियो

146
  •  
  •  
  •  

english premier leagueकाठमाडौं, ३ माघ (एजेन्सी) : इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी एभर्टनलसँग पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा एभर्टनसँग ४–० गोल अन्तरले पराजित भएसँगै म्यानचेस्टर सिटीको उपाधिको होड पनि समाप्त भएको छ ।
एभर्टनका रामेलु लुकाकु, केविन मिल्नर, टम डेविस र एडेमोला लुकम्यानले १–१ गोल गरे ।

खेल अवधिभर बलमा बढी नियन्त्रण म्यानचेस्टर सिटीको भएपनि गोल भने गर्न सकेन ।

हारपछि म्यानचेस्टर सिटी पाँचौं स्थानमा झरेको छ । २१ खेल खेलेको सिटीको ४२ अंक छ । सिटी शीर्ष स्थानको चेल्सी भन्दा १० अंकले पछि परेको छ ।

३३ अंकसहित एभर्टन सातौं स्थानमा छ ।


  •  
  •  
  •