ब्रेन्टफोर्डलाई हराउँदै टोटनह्याम लिग कपको फाइनलमा

67
  •  
  •  
  •  


एजेन्सी । इंग्लिस नकआउट फुटबल प्रतियोगितामा च्याम्पियनसिप टिम ब्रेन्टफोर्डलाई २–० गोलले पराजित गरी टोटनह्याम फाइनलमा प्रवेश गरेको छ । मंगलबारराति घरेलु मैदानमा भएको खेलमा सुरुवाती १२ औं मिनेटमै सिसोकोको गोलमार्फत टोटनह्यामले अग्रता बनाएको थियो । दोस्रो हाफमा सन ह्युङ मिनले दोस्रो तथा निर्णायक गोल गरे ।
खेलको ८४ औं मिनेटमा मिडफिल्डर पेलेन्डा डा सिल्भाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्डले १० खेलाडीमा रहेर खेल सकाएको थियो ।
टोटनह्यामले उपाधिका लागि आज हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । आज म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच ओल्ड ट्राफोटमा खेल हुँदैछ ।


  •  
  •  
  •